Monday, November 5, 2018

बेइजिङमा देवकोटा

  

चीनको राजधानी बेइजिङमा अवस्थित लुसुन संग्रहालयमा यो साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जिवनी र लेखनबारे दुई दिने बृहत् प्रदर्शनी आयोजना हुने भएको छ। भोलि सोमबार र मंगलबार हुने प्रदर्शनीमा नेपालका २२ जना कलाकारले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा तयार पारेका २३ चित्र प्रदर्शन गरिने भएको छ।

उक्त कला प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार,प्राज्ञ परिषद् सदस्य नारदमणि हार्तम्छाली, सुष्मा राजभण्डारी, धनबहादुर याखा, राधेश्याम मुल्मी, केके कर्माचार्य, टेकबीर मुखिया, नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र थुम्केली, केशवराज खनाल, उत्तम ढंगोल, लक्ष्मण भुजेल, जिडी सारु, कृष्णगोपाल श्रेष्ठ, अनीता खनाल भट्टराई, रामबहादुर ठाडा, शान्त हिताङ, गणेशकुमार जीसी, संगी श्रेष्ठ, राजन काफ्ले र विवेक मुकारुङले तयार पारेका महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमा आधारित चित्र प्रदर्शनी गरिन लागेको हो।

देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० फ्लेक्स ब्यानर, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका ५० थान समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषांक, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने बताइएको छ। प्रदर्शनीका लागि बेइजिङस्थित बेइजिङ लुसुन संग्राहलयको निमन्त्रणमा देवकोटा लुसुन प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल हिजो शनिबार बेइजिङतर्फ प्रस्थान गरेको छ।

प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाईंले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल, महेश पौड्याल र गायक जीवन शर्मा रहेका छन्। प्रदर्शनीमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको चित्रकार देवेन्द्र थुम्केलीले जानकारी गराउनुभयो।

http://www.newsofnepal.com बाट साभार 

------------------------------------------------------------------------

महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरुको प्रदर्शन - बेइजिङ्ग (२०१५ सेप्टेम्बर ६ -१२)

पोट्रेटमा देवकोटा
























------------------------------------------------------------------------------------

देवकोटाको अंग्रेजी भूमिका

पं. सोमनाथ घिमिरेद्वारा लिखित आसौचविज्ञान तथा घिमिरे वंशावलीमा देवकोटाले लेख्नु भएको अंग्रेजी भूमिका 



(सौजन्य - रोचक संग्रहालय  )

-----------------------------------------------------------------------------------------

देवकोटाका केही तस्वीरहरू

२०१६ साल भाद्र २९ गते बिहान ९:३० बजे मदनमणि दिक्षितज्यूले लिनु भएको तस्वीर
(सौजन्य - रोचक संग्रहालय  )

नक्सालस्थित नन्दिकेशर बहालमा भएको कवि सम्मेलनमा महाकवि देवकोटा कविता सुनाउदै । उक्त कार्यक्रमको सभापतित्व चक्रपाणी चालिसेले  ( पछिल्तिर सेतो टोपी र निधारमा टिका लगाउनु भएको )  गर्नु भएको थियो।  
(सौजन्य - रोचक संग्रहालय  )

(सौजन्य - रोचक संग्रहालय  )

-------------------------------------------------------------------------------------------------------

देवकोटाका केही हस्ताक्षरहरू



पं. सोमनाथ घिमिरेद्वारा लिखित आसौचविज्ञान तथा घिमिरे वंशावलीमा देवकोटाको अंग्रेजी भूमिकाको  हस्ताक्षर 
(सौजन्य - रोचक संग्रहालय  )
==================================================



जनकलाल शर्माको पुस्तक निम्ति महाकवि देवकोटाले लेखेको भूमिकाका दुई पृष्ठ 
(सौजन्य - रोचक संग्रहालय  )

---------------------------------------------------------------------------------------------------------

महाकवि देवकोटालाई लेखिएका केही चिठीहरू

महाकविका जेठा दाजु लेखनाथ देवकोटाले लक्ष्मी प्रसाद देवकोटालाई लेखेको पत्र
 (सौजन्य - रोचक संग्रहालय  )
=========================================================



मृगेन्द्र शम्सेरले महाकवि लक्ष्मीप्रसादलाई लेखेको चिठी  
 (सौजन्य - रोचक संग्रहालय  )

====================================================


ब्रह्मशम्सेरले महाकवि देवकोटालाई लेखेको पत्र 
 (सौजन्य - रोचक संग्रहालय  )

==================================================

राँची नर्शिंग होमका डाक्टरले महाकवि देवकोटाका बारेमा महाकविका दाजु मधुसुदन देवकोटालाई लेखेको पत्र

  (सौजन्य - रोचक संग्रहालय  )



-------------------------------------------------------------------------------

लक्ष्मी प्रसाद देवकोटा ( Laxmi Prasad Devkota )


















































































































































































































































































































































































































































































































































































































=======================================================



देवकोटा लुसुन प्रज्ञा - प्रतिष्ठानको आयोजनामा २०१५ सेप्टेम्बर ६ -१२ तारिख सम्म चाइनाको बेइजिङ्गमा सम्पन्न कार्यक्रमको  भिडियो क्लिप।


No comments:

Post a Comment